समाचार

बागमती सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

मकवानपुर । बागमती प्रदेश सरकारले काठमाडौंस्थित त्रिभुवन विमानस्थलभित्र भएको सौर्य विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रदेशको नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले उक्त दुर्घटनामा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए । साथै उक्त बैठकले दुर्घटनामा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । सो बैठकमा बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन आयोग गठन गर्नसक्ने जनाइएको छ । बुधबार बिहान पोखराका लागि छुटेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै दुर्घटना...

विपद्को घटनामा परेर १३३ जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामामा परी बुधबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

तनहुँ । तनहुँको ब्याँस नगरपालिका–३, दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी...

आँखा शिविरको आज दोस्रो दिन, ७६ जनाको परीक्षण

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरको आज दोस्रो दिन ७६ जनाले सेवा लिएका छन् । मंगलबारदेखि हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सुरु भएको आँखा परीक्षण शिविरमा बुधबार ७६ जनाले सेवा लिएको टोल विकास संस्था नगर...

ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । केही दिनदेखि लगातार हरियाली छाएको शेयर बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ३२ अकंले बढेर २ हजार ५३६ दशमलव ११ बिन्दुमा कायम भएको छ । आज ३११...

सौर्य जहाज दुर्घटनाः मृतकको पोस्टमार्टम सुरु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । बुधबार बिहान काठमाडौंबाट पोखराको लागि छुटेको जहाज विमानस्थल भित्रै दुर्घटना हुँदा मृत्यु भएकाहरको पोस्टमार्टम सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागले जनाएको छ । उक्त विभागका अनुसार, पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकको...

बागमती प्रदेशः कुन मन्त्रालयको जिम्मा कसलाई ?

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्री लामाको सिफारिस बमोजिम प्रदेश प्रमुख यादव चन्द्र शर्माले कार्य विभाजन ताकेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले जानकारी दिए...

बागमतीका मुख्यमन्त्रीले लिए शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि मंगलबार बेलुकी ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा...

सौर्य जहाज दुर्घटनाः आफन्तले ३ दिनपछि मात्रै शव पाउने

काठमाडौं । आज बिहान सौर्य एयरको जहाज दुर्घटना परेर मृत्यु भएकाहरुको शव तीन दिनपछि मात्रै आफन्तको दिइने भएको छ । दुर्घटनामा परेर मृत्यु भएका सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले जनाएको छ । मृतकका आफन्त र सौर्य...