समाचार

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले पर्साको वीरगंज महानगरपालिका–२५ खल्वाटोलस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेटसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ...

विपद्को घटनामा परी १३४ जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा...

तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण

मकवानपुर । बागमती प्रदेश युवा परिषदद्वारा आयोजित विभिन्न प्रकारका तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । बिहीबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी युवा परिषद्ले तालिममा सहभागी २ हजार युवाहरुलाई प्रमाणपत्र वितरण गरेको हो । प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लामा युवा परिषद्मार्फत् सिप सिकेका...

मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव पदमा नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई यसअघि प्रचण्ड नेतृत्वको सरकारले कामु मुख्यसचिव बनाएको थियो ।

रास्वपाले कर्णालीमा विशेष अभियान चलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । रास्वपाको बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार,...

सिमलताल पहिरोः अध्ययन कार्यदलद्वारा समय थप्न माग

काठमाडौं । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुई वटा बस दुर्घटना भएकोबारे अध्ययन गर्न गठित कार्यदलले समयावधि थप्न माग गरेको छ । गत असार २८ गते शुक्रबार अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर त्रिशुली नदीमा बेपत्ता दुई वटा बस र त्यसमा सवार यात्रुहरुबारे अध्ययन गर्न सह–सचिव...

हेटौंडामा राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । आज बिहान हेटौंडा–१०, स्थित राप्ति खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा–१, जरुवाटोलस्थितमा बिगत केही समय पहिलादेखी तरकारी बजारमा तरकारी लोड–अनलोड गरी ज्यालादारीमा काम गर्ने राजु पन्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बिहीबार पत्रकार सम्मेलनमार्फत् विभिन्न सूचक पूरा गरेसँगै यही साउन १२ गते शनिबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो । ‘बालबालिकामा लगानी, सुनिश्चित...

३२ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले बढेको छ । कारोबार सुरु भएको समयमा घटेपनी अन्तिम समयमा परिसूचक बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से परिसूचक २ हजार ५६८ दशमलव ११ अंक पुगेर रोकिएको छ । यस्तै,...

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम १ सय ९० मिलिग्राम, मोबाइल २ थान, नगद १० हजार रूपैयाँ र २ थान एटिम कार्डसहित...