समाचार

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गत शुक्रबार नै सार्वजनिक गर्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बजार चलायमान बनाउने र नीतिगत व्यवस्था परिमार्जन गर्ने गरी मौद्रिक...

माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो, १ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक सरेको हो । बैठक दिउँसो १ बजे बस्ने गरी २ घण्टा पछाडी सरेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार,...

वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते

सुर्खेत । जाजरकोटमा गएराति वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा उनीहरु घाइते भएका हुन् ।...

पाँच वटा संसदीय समितिको बैठक आह्वान

काठमाडौं । आज एकै दिन पाँच वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ । त्यस्तै, बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक र बिहान ११ बजे महिला तथा...

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

काठमाडौं । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको बिहीबार निधन भएको छ । झापाको बिर्तामोड निवासी गायक जोशीको ८८ वर्षको उमेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ११ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । त्यस्तै, एक यूएई दिराम खरीद गर्न ३६...

एनएमबि बैंकको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखिइएको हो । सो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने बैंकले जनाएको...

माओवादी केन्द्रको पदाधिकारी बैठक ११ बजे बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने जनाइएको छ । यस्तै, बैठकमा पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र...

रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । स्थानीय विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले...

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

सुदिप पराजुली राष्ट्रसंघको महत्वपूर्ण निकाय संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ । कूल ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । यसपछि आउँदो वर्ष एसिया प्रशान्त क्षेत्रको अध्यक्ष नेपाल हुनेछ । परिषद्को अध्यक्षमा भने क्यानडा...