समाचार

आज यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । जारी मौसम पूर्वानुमानमा हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको उल्लेख छ । त्यसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ भने आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका...

प्रतिनिधि सभा बैठक १ बजे बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ । यसैगरी, बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

गोरखाको धार्चेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता

पोखरा । गोरखाको धार्चेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । जिल्लाको धार्चे गाउँपालिका–५, रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाउँदा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त पहरोमा परेर ५ जना पुरिएका थिए । तीमध्ये २ जनाको जिवित नै उद्धार भइसकेको र...

रोटर्याक्ट क्लब अफ मकवानपुरमा लामिछाने पदस्थापित

मकवानपुर । रोटर्याक्ट क्लब अफ मकवानपुरको अध्यक्षमा श्रीजना लामिछाने पदस्थापित भएकी छन् । शनिबार भएको क्लबको नवौं पदस्थापन कार्यक्रमबाट लामिछाने अध्यक्ष पदमा पदस्थापित भएकी हुन् । क्लबका वर्ष सन् २०२३/०२४ का अध्यक्ष राजन कटुवालले लामिछानेलाई अध्यक्ष माला हस्तान्तरण गरेका हुन् । लामिछानेले आफ्नो कार्यकाल सफल बनाउनका लागि उपाध्यक्षमा मन्जिता...

डिप्लोमा प्रमाणपत्र तहको परीक्षा दिन आएका नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । सानोठीमी भक्तपुरद्वारा संचालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गिकृत (निःशुल्क) छात्रबृत्ती परिक्षा दिन आउने चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको पर्माणिपुर नगरपालिका–२, बस्ने २० वर्षीय नरेन्द्र महतो, चितवनको भरतपुर महानगरपालिका–८, बस्ने १५ वर्षीय नाबाक, सर्लाहीको विष्णु गाउँपालिका–७ बस्ने १८ वर्षीय राजिव कुमार राउत...

तिनाउ नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङको बरेङका १२ वर्षीय विवश खत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार बुटवल उपमहानगरपालिका–११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए । तीमध्ये खत्रीको शव पौडी खेलेको...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १२ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री...

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर साधारणतया...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन राक्सिराङ गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ गाउँपालिकाका विभिन्न विद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । राक्सिराङ गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने २३ जना विद्यार्थीलाई सम्मानित गरिएको हो...

आज हेटौंडा–२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, आज बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । विभिन्न सूचक पूरा गरेसँगै उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागेको हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा...