यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १२ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।
आज एक अमेरिकी डलरको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.७६ रुपैयाँ रहेको छ ।
यसैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.७५ रुपैयाँ रहेको छ ।
साथै अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०५ रुपैयाँ रहेको छ ।