आज यी चार प्रदेशमा भारी वर्षा हुने

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०९:१७

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

जारी मौसम पूर्वानुमानमा हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको उल्लेख छ ।

त्यसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ भने आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने जनाइएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।