समाचार

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारीले शपथ ग्रहण गरेका छन् । अधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो...

हेटौंडा–७ मा जेष्ठ नागरिक भवनको उद्घाटन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित नवनिर्मित जेष्ठ नागरिक भवनको शुक्रबार उद्घाटन गरिएको छ । जेष्ठ नागरिक मैत्री नगर निर्माणको लक्ष्य अनुसार निर्माण गरिएको उक्त भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै नगर...

लागूऔषधसहित दुई जना पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिका–३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका–३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । उनीहरुलाई...

विपद्को घटनामा परेर १३९ जनाको मृत्यु

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को विभिन्न घटनामा परेर शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी...

विमान दुर्घटनामा मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु

काठमाडौं । सौय एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको शव आफन्तलाई जिम्मा लगाउन सुरु गरिएको छ । त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’ बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेसँगै शव आफन्तलाई जिम्मा लगाइएको हो । शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव बुझेको जनाइएको छ । तर,...

खोलाले बगाउँदा दुई जना किशोरीको मृत्यु

दैलेख । दैलेखमा शुक्रबार पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना किशोरीको मृत्यु भएको छ । जिल्लाको महाबु गाउँपालिका–३ बाँसीका १६ वर्षीया सपना बुढा र भावना बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरू बिहान ११ बजे छामघाट खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए ।...

वैदेशिक रोजगारीमा जाने विना धितो ऋण पाइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण पाइने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको जानकारी दिएको हो । सार्वजनिक मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा...

आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत् निरन्तरता दिइएको बताए । मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई...

विमान दुर्घटनापछि उद्धारमा खटिएका ५ प्रहरीलाई पुरस्कार प्रदान

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धार कार्यमा खटिएका ५ प्रहरी अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेहरुमा...

नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं । रौतहटको बालचनपुरबाट नक्कली नेपाली नोटसहित बिहीबार राति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी ३२ वर्षीय नजरे आलम र सोही स्थानका इमामुल हक दर्जी रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले एक हजार दरका १३ थान नक्कली...