लागूऔषधसहित दुई जना पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिका–३ पेलाडी नालाबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका–३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका–३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।