राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा शपथ ग्रहण
काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष शिवराज अधिकारीले शपथ ग्रहण गरेका छन् ।
अधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाल्पाका अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको थियो ।
