विपद्को घटनामा परेर १३९ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १७:४७

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को विभिन्न घटनामा परेर शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सो अवधिमा बाढी पहिरो लगायतमा परेर १ सय ५६ जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका छन् । घाइतेहरुको उपचार हुनुका साथै बेपत्ताको खोजीकार्य भइरहेको छ ।