समाचार
आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ । यसैगरी आज...
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने...
प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी आह्वान गरेको हो । सो बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंछी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसैगरी, बैठकमा...
त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न आएका भारतीय विशेषज्ञ टोली फिर्ता
काठमाडौं । त्रिशुलीमा खसेर बेपत्ता भएका दुई वटा डिलक्स बस र यात्रु खोज्न आएका भारतीय विशेषज्ञ टोली फिर्ता गएका छन् । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे । तर, बस र यात्रु नभेटिएपछि सो टोली फिर्ता गएको बागमती प्रदेश...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । बैठक यही साउन १५ गते दिनको ३ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री लामाले सो...
नगद र सुनका गहना चोरी गरी भाग्दै गरेका व्यक्ति पक्राउ
काठमाडौं । नगर रकम र सुनको गहना चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई शनिबार पक्राउ गरेको छ । नुवाकोट विदुर नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी...
मकवानपुरबाट अवैध गाँजासहित युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार बेलुका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, जैसिङबाट करिब ७० किलोग्राम लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ लावती बस्ने १९ वर्षीय साजन प्रजा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट...
थाहाको सिमभन्ज्याङमा ३५ फिट अग्लो राष्ट्रिय झण्डा
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका वडा नम्बर ४ स्थित सिमभन्ज्याङमा ३५ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा तोलन गरिएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा निवासी दिनेश डङ्गोलले आफ्ना हजुरबुबा, हजुरआमा, मातापिताको नाममा झण्डा तोलन गरेका हुन् । कार्यक्रम ऋषेश्वर टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र...
प्रमुख सल्लाहकारमा शाहलाई नियुक्ती गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख राजनीतिक सल्लाहकारमा बिनोद शाह नियुक्त भएका छन् । नुवाकोटका शाहलाई आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री लामाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला...
मकवानपुरका १५ जनामा डेंगु पुष्टि
मकवानपुर । मकवानपुरमा जिल्लामा १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा साउन १ गतेदेखि आज दिउँसोसम्म १५ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ६ जना महिला र ९ जना पुरुष रहेका छन् । सो अवधिमा...










