आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।
महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनेछ ।
यसैगरी आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
