आज विदेशी मुद्राको विनिमयदर कति ?

तु खबर संवाददाता
२०८१ श्रावण १४,सोमबार ०८:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

आज एक अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८० रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८६ रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ रहेको छ ।