मकवानपुरका १५ जनामा डेंगु पुष्टि

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार १६:३१
file-photo

मकवानपुर । मकवानपुरमा जिल्लामा १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लामा साउन १ गतेदेखि आज दिउँसोसम्म १५ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ६ जना महिला र ९ जना पुरुष रहेका छन् ।

सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा तीन पुरुष र ९ महिला गरी १२ जना, मकवानपुर गढी गाउँपालिकाका दुई जना र बकैया गाउँपालिकाका एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।