मकवानपुरबाट अवैध गाँजासहित युवक पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार १७:०८

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार बेलुका एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको मनहरी गाउँपालिका–९, जैसिङबाट करिब ७० किलोग्राम लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ लावती बस्ने १९ वर्षीय साजन प्रजा रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय ज्यामिरे नेवारपानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, बोरामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।