प्रमुख सल्लाहकारमा शाहलाई नियुक्ती गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख राजनीतिक सल्लाहकारमा बिनोद शाह नियुक्त भएका छन् ।
नुवाकोटका शाहलाई आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री लामाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई राजनीतिक सल्लाहकारमा नियुक्ती गर्ने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
