समाचार
विश्व बैंकबाट १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने सरकारको निर्णय
काठमाडौं । सरकारले १३ अर्ब ३३ करोड सहुलियत ऋण लिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । उनका अनुसार, बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि उक्त रकम बराबरको...
कृषि समितिको सभापतिमा मगरले गरिन् उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुम थापा मगरले उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसकी सांसद् मगरले सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थकमा मगरले...
अमेरिकामा लेटेरा सहमूद्वारा एक नेपालीको हत्या
काठमाडौं । अमेरिकाको टेक्सासमा लुटेरा समूहले एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक वलीको हत्या भएको हो । ओलीको अमेरिकी समय अनुसार आइतबार बिहान करिब ५ बजे आएका लुटेराको समूहले गोली हानी हत्या गरेको जनाइएको छ...
यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो । शेयर बजार ओरालो लाग्दा शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज ६१ करोडको शेयर कारोबार भएको जनाइएको छ । यसैगरी, सर्वाधिक...
आज नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ६३ अकंले घटेर २६६० दशमलव ९३ बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसूचना घट्दा पनि कारोबार भने निकै उच्च भएको देखिन्छ । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख...
अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले देशको छु्ट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके, सिराहा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय ३० मिलिग्रामसहित आइतबार बेलुका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बुद्धशान्ति...
गोरखामा पहिरोमा पुरिएर बेपत्ता भएका ३ जनाको शव भेटियो
गोरखा । गोरखामा पहिरोमा पुरिएर बेपत्ता भएका ३ जनाको शव भेटिएको छ । जिल्लाको धार्चे गाउँपालिका–५, रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको...
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ भने साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...
सिंहदरबारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
काठमाडौं । हाल सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी जारी । बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिररहेको हो । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको हो । बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी रहेका छन् । कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक...
एमालेले सचिवायलय बैठक बोलायो
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । यही साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार, उक्त बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।










