आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
जसअनुसार, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ भने साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ ।
त्यस्तै, आज संसदीय सुनुवाइ समितिको बैठक पनि बस्नेछ । बैठक साढे ११ बजे नै बस्ने गरी बोलाइएको छ ।
