समाचार

बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख

मकवानपुर । बागमती प्रदेशमा प्रदेश प्रमुख फेरिएको छ । संघीय सरकारले तीन प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेसँगै बागमतीमा पनि प्रदेश प्रमुख फेरिएका हुन् । बागमतीमा नयाँ प्रदेश प्रमुखमा दिपक प्रकाश देवकोटा नियुक्त भएका छन् । उनलाई सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो...

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत पाएका छन् । पहिलो पटक मुख्यमन्त्री बनेका उनले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री लामाले मागेको विश्वासको मतको पक्षमा ६४ जना र विपक्षमा ३५ जना प्रदेश सभाका सदस्यले मतदान गरेका थिए । १०३ जना सहभागी...

बागमती प्रदेशः नेमकिपा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने

मकवानपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा ) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने भएको छ । नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रही मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा तटस्थ बस्ने बताएका हुन् । यस्तै, नेकपा...

स्थायी समिति बैठक बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही साउन २५ गते स्थायी समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकल उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै बैठकले २०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए ।...

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुर्खेत, बर्दिया र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ मिलमिलाप टोलबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ...

मुख्यमन्त्री लामाले पेश गरे प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनले सभामुख भुवनकुमार पाठकको अनुमतिमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सभामुख पाठकले नेपालको संविधानको...

बागमती प्रदेश सभा बैठक जारी

मकवानपुर । बागमती प्रदेश सभा बैठक हाल जारी छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बसिररहेको हो । मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक बेहीबेर अघिबाट सुरु भएको हो । बैठकमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले...

३५.५५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक ३५ दशमलव ५५ अंकले बढेको छ । सोमबार २० अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने ३५ दशमलव ५५४ अंकले बढेको हो । यसअघि नेप्से परिसूचक २६९६ दशमलव ६५ विन्दुमा उक्लिएको हो । यस्तै, आज ३२९ कम्पनीको ४...

प्रतिनिधि सभाको बैठक पनि आज बस्ने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । सो बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची स्रसद् सचिवालयले जनाएको छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त...

बागमती प्रदेश सभाको बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक दिनको २ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री लामाले सो दिन...