स्थायी समिति बैठक बोलाउने माओवादीको निर्णय

तु खबर संवाददाता
२०८१ श्रावण १५, मंगलवार १६:४९

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही साउन २५ गते स्थायी समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकल उक्त निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै बैठकले २०८४ को निर्वाचनमा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको उनले बताए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बृहत् छलफल भएको उनको भनाई छ ।