बागमती प्रदेश सभाको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण १५,मंगलवार ०९:३९

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक दिनको २ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।

मुख्यमन्त्री लामाले सो दिन विश्वासको मत लिने भनि प्रदेश सभा सचिवालयमा पत्र पठाइएअनुरुप प्रदेश सभा बैठक आह्वान गरेको सभामुख पाठकले बताए ।

प्रदेश सभा बैठक बस्नुअघि आजै दिनको १ बजे संसदको कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने पनि उनले बताए ।