बागमती प्रदेश सभा बैठक जारी

तु खबर संवाददाता
२०८१ श्रावण १५,मंगलवार १५:५८

मकवानपुर । बागमती प्रदेश सभा बैठक हाल जारी छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बसिररहेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलका लागि दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक बेहीबेर अघिबाट सुरु भएको हो ।

बैठकमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को पुनः गठन तथा कार्य विभाजनको पत्र बारे जानकारी गराएका छन् ।

त्यसपश्चात मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।