मुख्यमन्त्री लामाले पेश गरे प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव

तु खबर संवाददाता
२०८१ श्रावण १५, मंगलवार १६:१४

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् ।

मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

उनले सभामुख भुवनकुमार पाठकको अनुमतिमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

सभामुख पाठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम एवम् प्रदेश सभाको सोही नियमावली १४३ को उपनियम ४ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।

लामा साउन ८ गते नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।