समाचार

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ५ सय ८० मिलिग्रामसहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ ।...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रूकुम (पश्चिम) । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रूकुम पश्चिमबाट ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला...

काठमाडौंको बौद्धमा मोटरसाइकल दुर्घटना, मगरको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार राति बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं...

बुधबार नेप्से ६४ अंकले बढ्यो, झण्डै २२ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन एवम् बधुबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ६४ दशमलव २५ अकंले बढेर २ हजार ७६० दशमलव ९० बिन्दुमा कायम भएको हो । यस्तै, आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएको...

नेपाली सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

काठमाडौं । सरकारले नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आगामी भदौं २४ मा सकिँदैछ । यससँगै कामु प्रधानसेनापति सिग्देल...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई कांग्रेसको शुभकामना

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई शुभकामना दिएको छ । पार्टीले बुधबार बिहान हेटौंडामा एक कार्यक्रमको आयोजना गरी पार्टीका तर्फबाट बागमतीको मुख्यमन्त्रीमा नियुक्त बहादुर सिह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथ शुभकामना ज्ञापन गरेको हो । कार्यक्रम कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर...

बागमती प्रदेशसभाबाट विधेयक पारित

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामुख भुवन कुमार पाठकले विभिन्न समितिहरुमा सहस्य हेरफेर...

अविरल वर्षाका कारण उपत्यकाको विभिन्न स्थान डुबानमा

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थान डुबानमा परेका छन् । वर्षाका कारण खोलामा आएको बाढीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको विभिन्न स्थान डुबानमा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वर्षाका कारण उपत्यकाको तीन वटै जिल्लामा क्षती पुगेको छ । बाढीका कारण ललितपुरको च्यासलस्थित...

आज भारी वर्षको सम्भावना

काठमाडौं । मौमस पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रही देशभर आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी...

३१ वटा युट्युब च्यानल कारबाहीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको जानकारी गराएको हो । जारी विज्ञप्तिमा सञ्चारमाध्यमका रूपमा दर्ता÷सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको उल्लेख छ...