जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रूकुम (पश्चिम) । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रूकुम पश्चिमबाट ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।