बागमती प्रदेशसभाबाट विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ ।
सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै सभामुख भुवन कुमार पाठकले विभिन्न समितिहरुमा सहस्य हेरफेर गर्न गरेको प्रस्तावलाई पनि बैठकले आज अनुमोदन गरेको छ ।
प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् ।
स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान, सार्वजनिक लेखा समितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरणमन्त्री केशव पोखरेल समावेश भएका छन् ।
यसअघि उनीहरु मन्त्रीको हैसियतमा विभिन्न समितिको पदेन सदस्य थिए ।