बुधबार नेप्से ६४ अंकले बढ्यो, झण्डै २२ अर्बको कारोबार

तु खबर संवाददाता
२०८१ श्रावण १६,बुधबार १६:१४

काठमाडौं । आज साता कारोबारको चौथो दिन एवम् बधुबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ ।

आज नेप्से परिसूचक ६४ दशमलव २५ अकंले बढेर २ हजार ७६० दशमलव ९० बिन्दुमा कायम भएको हो ।

यस्तै, आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ भने २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सेयर कारोबार रकममा हालसम्मकै उच्च रेकर्ड बनेको हो । सयेर कारोबारमा आएको यस्तो रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको छ ।

यसअघि गत साउन ३१, २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड बनेको थियो ।

यस्तै, आज १३ वटै उपसूचकमा हरियाली आएको छ ।