समाचार

हेटौंडाका दुई जना लागूऔषधसहित पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । आज (बिहीबार) बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले लागूऔषध गाँजा करिब ३३ किलोग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद...

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय उपाध्यक्षमा गुरु बराललाई मनोनीत भएका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्ष पदमा मनोनीत गरेको हो । यस्तै, सचिवालय बैठकले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार, बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई...

नेप्से सूचक घट्यो, पौने २२ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्स परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्दा २ हजार ७५५ दशमलव ६२ को विन्दुमा कायम भएको छ । यस्तै, आज ३३२ सूचीकृत कम्पनीको ५ करोड १३ लाख कित्ता शेयर खरिदबिक्रि भएको छ...

सौर्य जहाज दुर्घटनाः घाइते पाइलटलाई डिस्चार्जको तयारी

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर घाइते भएका पाइलटलाई डिस्चार्जको तयारी गरेको छ । केएमसी अस्पतालमा उपचाररत क्याप्टेन मनिष शाक्यको डिस्चार्जको तयारी गरेको हो । उनको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको उक्त अस्पतालले जनाएको छ । गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि...

अबदेखि १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाउने व्यवस्था गरेको छ । आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको जानकारी दिए । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२...

फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौँ । फेदीखोला हाईड्रो पावर कम्पनी प्राइभेट लिमिटेड र राष्ट्रिय बाणिज्य बैंककाबीचमा फेदीखोला जलविद्युत आयोजना ४.३ मेगावाटमा ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । कुल लागत ९४ करोड...

प्रभावकारी बन्दै हेटौंडाको न्यायिक समिति, ८७ प्रतिशत मुद्दाको समाधान

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । नगर अन्तरगत रहेको उक्त समिति विवाद समाधानमा प्रभावकारी बन्दै गएको हो । उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा ८७ प्रतिशत विवाद समाधान गरेको छ । समितिको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/०८१ साउनदेखि असार...

हेटौंडामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा यही साउन २४ गते जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदैछ । प्रतियोगिता हेटौंडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हुन लागेको हो । कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको सहकारीको व्यवस्थापक बद्रीप्रसाद भण्डारीले...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १७ गते बिहीबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको...

अब राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका लगाउन पाइने

काठमाडौं । अब राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको जानकारी दिएको हो । सिन्दूर पोते र टिका समेत हटाएर फोटो...