समाचार

सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

झापा । झापाको हल्दिबारीमा सवारी दुर्घटनामा हुँदा दुई जनाकाृ मृत्यु भएको छ । जिल्लाको हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्की रहेका छन्...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । आज बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । आज कोशी, बागमती, गण्डकी,...

पेस्तोलसहित दुई भारतीय नागरिक प्रहरीको नियन्त्रणमा

गोलबजार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साहलाई नियन्त्रणमा लिएको हो । बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार, पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको...

हेटौंडाबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

मकवानपुर । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट लागूऔषधसहित आज बिहान एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बेतिया जिल्ला थाना मझौलिया बस्ने बर्ष ३० को मुसादेव आलम रहेका छन् । उनलाई १८ किलो ५०० ग्राम लागूऔषध गाँजासहित गरेको...

हेटौंडामा भेस्पा–अप्रिलाको नयाँ शोरुम संचालन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० रुद्रपथस्थित मार्गमका डेल्टा अटोकप प्रालिले नयाँ शोरुम संचालनमा ल्याएको छ । अटोकप प्रालिले बिहीबारबाट नयाँ शोरुम जोशी अटोमोबाइल्स संचालनमा ल्याएको हो । हेटौंडा क्षेत्रमा बढ्दै गएको भेस्पा–अप्रिला स्कुटरको माग र देशभर सेल्स सर्भिस र स्पेयर्स पार्टस उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा...

काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालसँग श्रीलंका पराजित

काठमाडौँ । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा श्रीलंका पराजित भएको छ । नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले श्रीलंकालाई २५–१९, २५– १८ धर २५–१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४–२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी...

बागमतीसहित तीन प्रदेशका प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

काठमाडौं । बागमतीसहित तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रमबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । शपथ ग्रहण गर्ने प्रदेश प्रमुखहरुमा बागमतीका दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ती मगर...

एमाले केन्द्रीय सदस्यमा १७ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यी हुन् मनोनीत हुने सदस्यहरुः १, सुवास कर्माचार्य (सिन्धुपाल्चोक) २, कुन्दन कुशवाह (रौतहट) ३, जितेन्द्र देव (सुनसरी) ४, रामपृत राम (सिरहा) ५, कृष्णभक्त पोखरेल...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले अर्घाखाँची र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले अर्घाखाँचीको १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–८ गोलखाडा बस्ने ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ...