समाचार
कक्षा १२ को परीक्षामा उत्तीर्ण भए मनहरीका वडाध्यक्ष खनाल
मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरिएको कक्षा १२ को परीक्षामा वडाध्यक्ष खनालले २ दशमलव ४ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । ५२ वर्षीय उनले निर्मल बहुमुखी क्याम्पस...
सिनामंगलस्थित एक गेस्ट हाउसमा पुरुष–महिला मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेहरुमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्मा सार्की रहेका छन् । शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा साउन १५ गतेदेखि...
मकवानपुरका थप ३ जनामा डेंगु पुष्टि, कुल संख्या कति पुग्यो
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाका एक–एक जना गरी थप तीन जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या २९ जना पुगेको छ । जसमा ११ जना पुरुष र...
हेटौंडाबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई नजिकै पिपल चौतरास्थित सडकबाट लागूऔषध चरेशसहित दुई जना पक्राउ परेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीबार अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा...
मधेश सरकारले गुरूदेव कामतको निधनमा राष्ट्रिय झण्डा आधा झुकाउने
जनकपुरधाम । शास्त्रीय संगीतका साधक गुरूदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डालाई आधा झुकाउने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहले एक विज्ञप्ति जारी गर्दै साउन २० गते आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको जानकारी दिए । जारी विज्ञप्तिमा मनोरञ्जन र जीविकोपार्जनको माध्यम नभएर शिक्षा, चेतना...
हत्या गरेको अभियोगमा पक्राउ
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने सुभास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा कुशल...
बागमतीका प्रदेश प्रमुख देवकोटाले गरे पदभार ग्रहण
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनले पदभार ग्रहण गरेका हुन् । बुधबार प्रदेश प्रमुखमा नियुक्त भएका उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते सोमबारको...
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पायो पूर्णता
काठमाडौं । प्रधानम्नत्री केपी शर्मा ओली नेतृत्वले सरकारले पूर्णता पाएको छ । गत असार ३१ गते गठित ओलीको नेतृत्वको सरकारले शुक्रबार पूर्णता पाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन जना राज्यमन्त्रीमा नियुक्त गरेसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर...
गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवर रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, बिहीबार बेलुका सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालले टोकेर गम्भीर...
कक्षा १२ को नतिजा सार्वजनिक, सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । नतिजा वेबसाइटमार्फत् सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी नन् ग्रेडेड (एनजी/अनुत्तीर्ण) भएका छन् । नियमिततर्फ परीक्षा ३...










