समाचार

मिस नेपाल वर्ल्डको उपाधि आश्माले हात पारिन्

काठमाडौं । सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले हात पारेकी छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच उनले विजेताको ताज हात पारेकी हुन् । यस्तै, मिस नेपाल अर्थ सुमना केसीले र करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । यसैगरी, अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस...

आजको मौसमः भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । २४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म...

आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले यस दिन काठमाडौं उपत्यको तीन जिल्लामा सार्वजनिक विदा दिएको हो । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक विदा...

सिस्नेरी दुर्घटनाः घाइते सबैको पहिचान खुल्यो (सूचीसहित)

मकवानपुर । काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा आज विहान भएको सुमो दुर्घटनामा परेर घाइते भएकाहरुको पहिचान खुलेको छ । काठमाडौंबाट बिरगन्जतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका १० जनाको पहिचान खुलेको मकवानपुरका...

कर्णालीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिन लागेका हुन् । कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने कार्यको लागि...

ट्रकको ठक्करबाट पुरुषको मृत्यु

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका–६, पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–१४ घर भई इटहरी–४ स्थित दिदीको घरमा बस्दै आएका ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १–०२–००१ ख...

बागमतीमा विपद्का घटनामा परेर ८८ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो एक वर्षको अवधिमा विपद्का विभिन्न घटनामा परेर ८८ जनाको मृत्यु भएको छ । प्रदेशमा गत आर्थिक वर्ष २०८०–०८१ मा बाढी, पहिरो, आगोलागी लगायत विभिन्न विपद्का घटनामा परेर ८८ जनाको मृत्यु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौंडाले जनाएको छ । सो अवधिमा आगलागी, वन...

आज यी स्थानमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बदली रही विभिन्न प्रदेशमा भारी वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार, आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस...

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौ जोड्ने सडकखण्ड आज बिहानबाट अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८, महादेवटारमा वर्षाको कारण आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए । उक्त स्थानमा इलाका प्रहरी...

सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

मकवानपुर । काठमाडौं–सिस्नेरी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा आज विहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौंबाट बिरगन्जतर्फ जान आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरु घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले...