आजको मौसमः भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार ०८:३७
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज ६ वटा प्रदेशका केही ठाउँमा भारी वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

२४ घण्टाको अवधिमा ५० भन्दा माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भन्ने गरिन्छ । साथै देशका केही ठाउँमा चट्याङ्गसहित वर्षा हुने पनि जनाइएको छ ।

ती क्षेत्रहरुमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको सबैलाई आग्रह गरेको छ ।