मिस नेपाल वर्ल्डको उपाधि आश्माले हात पारिन्

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार ०८:४५

काठमाडौं । सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्मा कुमारी केसीले हात पारेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबीच उनले विजेताको ताज हात पारेकी हुन् ।

यस्तै, मिस नेपाल अर्थ सुमना केसीले र करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

यसैगरी, अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनेका छन् ।

हरेक विधाका विजेताले २५–२५ हजार नगद पुरस्कार प्राप्त गरे ।