समाचार

आइतबार उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकारले यही साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन सार्वजनिक विदा दिइएको हो । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रालयले शुक्रबार...

बागमतीका नवनियुक्त प्रदेश प्रमुखले आज पदभार ग्रहण गर्दै

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गर्ने भएका छन् । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले आज पदभार ग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार, आज दिउँसो १ बजे हुने एक कार्यक्रमबीच उनले पदभार ग्रहण गर्नेछन् । बुधबार प्रदेश प्रमुखमा नियुक्त...

महिलामाथि सामूहिक बलात्कार गर्ने तीन विद्यार्थी पक्राउ

चितवन । मानसिक रुपमा बिरामी महिलामाथि सामूहिक बलात्कार गर्ने तीन जना विद्यार्थी पक्राउ परेका छन् । असार १५ गते शनिबार चितवनको माडी नगरपालिका–६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेको र सोही अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ती...

नेटो राष्ट्रहरूबाट युक्रेनले पायो अमेरिकी एफ– १६ लडाकु विमान

काठमाडौँ । नेटो राष्ट्रहरुले युक्रेनलाई अमेरिकी एफ १६ लडाकु विमान सहयोग गरेका छन् । युक्रेनलाई एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही लडाकु विमान भित्रिइसकेको युक्रेनस्थित सञ्चार माध्ययमहरुले जनाएका छन् । युक्रेनलाई जुलाई अन्तिम सम्ममा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता अनुसार सो म्यादभित्रै...

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । प्रदेश सभाको आज ४ बजे बस्ने बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । सत्तासीन दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका सोडारीले विश्वासको मत लिन लागेका हुन् ।

मकवानपुरका २६ जनामा डेंगु पुष्टि

मकवानपुर । मकवानपुरमा जिल्लामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा साउन १ गतेदेखि साउन १७ गते बिहीबार दिउँसोसम्म २६ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १६ जना महिला र १० जना पुरुष रहेका छन्...

उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष नाघेका मुद्दा शून्य

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य रहेको छ । अघिल्लो आवको भन्दा गत आवमा झन्डै २ प्रतिशत मुद्दा बढी फर्स्यौट गरिएको छ । आव ०८०/०८१ मा जिम्मेवारी सरेर आएकोसहित हेटौंडा इजलासमा १ हजार ६ सय १९ मुद्दा थिए । तीमध्ये...

रास्वपाको दुई दिने बन्द कार्यशाला आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो । भोलिसम्म संचालन हुने कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको सह–प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यशालामा विचार, सङ्गठन, मूल्य(मान्यता,...

प्रधानमन्त्री ओली थाइल्याण्ड जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैठौँ बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन उनी भदौ तेस्रो साता थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लो पटक प्रधानमन्त्री भएपछि सम्भवत यो नै पहिलो विदेश भ्रमण हुनेछ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास...

आज तीन वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे...