मकवानपुरका २६ जनामा डेंगु पुष्टि

मकवानपुर । मकवानपुरमा जिल्लामा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लामा साउन १ गतेदेखि साउन १७ गते बिहीबार दिउँसोसम्म २६ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १६ जना महिला र १० जना पुरुष रहेका छन् ।
सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ७ पुरुष र १५ महिला गरी २२ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र एक महिला गरी ३ जना र बकैया गाउँपालिकाका एक जना पुरुषमा डेंगु संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।