महिलामाथि सामूहिक बलात्कार गर्ने तीन विद्यार्थी पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण १८,शुक्रबार ०९:४३

चितवन । मानसिक रुपमा बिरामी महिलामाथि सामूहिक बलात्कार गर्ने तीन जना विद्यार्थी पक्राउ परेका छन् ।

असार १५ गते शनिबार चितवनको माडी नगरपालिका–६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेको र सोही अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार ती तीन विद्यार्थी चितवनको एक प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी हुन् । १७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए र आफ्नो कोठामा लगी तीनै जनाले बलात्कार गरेका थिए ।