रास्वपाको दुई दिने बन्द कार्यशाला आजबाट

तु खबर संवाददाता
२०८१ श्रावण १८,शुक्रबार ०९:१४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो ।

भोलिसम्म संचालन हुने कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको सह–प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यशालामा विचार, सङ्गठन, मूल्य(मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने जनाइएको छ ।