समाचार

अवैध गाँजासहित युवती पक्राउ

बारा । बाराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक युवतीलाई आइतबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । श्रेष्ठलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा साढे ८ किलोसहित पक्राउ गरेको हो...

कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ४ मन्त्रीले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सहभागी ४ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।...

परराष्ट्र मन्त्रालयको सचिव ओमान जाँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल भोलि सोमबार ओमान जाने भएकी छन् । सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमानको राजधानी मस्कट जान लागेकी हुन् । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्...

सौन्दर्यकर्मी युनियनको हेटौंडा अध्यक्षमा सिटौला

मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् । हेटौंडामा सम्पन्न सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिवमा लक्ष्मी उप्रेती मैनाली, सहसचिवमा सुभद्रा खड्गे, कोषाध्यक्षमा सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका...

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेत रहेका छन् । दाङ प्रहरीका अनुसार, शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बस्नेत गम्भीर घाइते भएका थिए । घाइते बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

नेवाः गुठी खलः हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन

मकवानपुर । नेवाः गुठी खलः हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न नेवाः गुठी खलः को नगर कमिटी भेलाबाट विकेशको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, गुठीको उपाध्यक्षमा शिवनारायण श्रेष्ठ, सचिवमा शिव कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरक्षा राजथला, सह–सचिवमा विक्की खड्गे चयन भएका छन् ।...

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको नगर स्तरीय शैक्षिक समन्वय समितिले नगर भित्रको आठ सामुदायिक विद्यालयसहित विद्यार्थीहरुलाई सम्मान गरेको छ । शैक्षिक समन्वय समितिले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ठ अंक प्राप्त गरी उर्तिण गरेका विद्यार्थी र उत्कृष्ठ नतिजा ल्याउने विद्यालयलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।...

कांग्रेस बागमतीको भौतिक पूर्वाधार विभागमा २४ जना सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले शनिबार उक्त विभागमा २४ जनालाई मनोनयन गरेका हुन् । कांग्रेस बागमती प्रदेश भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागको प्रमुख बिक्रम लामाको सभाध्यक्षता एवम्...

रास्वपाले आगामी असोजमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ । सो पार्टीले आगामी असोजमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो । यस्तै, पार्टीको...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिँदै

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने समय आज सकिँदैछ । प्रदेश प्रमुख नजिर मियाँले गत शुक्रबार प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको समय आज सकिने भएको हो । शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा पत्र बुझाएपछि प्रदेश प्रमुख मियाँले आज (आइतबार) बेलुका ५ः०० बजेभित्र मुख्यमन्त्रीमा...