अवैध गाँजासहित युवती पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार १६:०७

बारा । बाराबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक युवतीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

श्रेष्ठलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा साढे ८ किलोसहित पक्राउ गरेको हो ।

जीतपुर–सिमरा उपमहानगरपालिका–१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा उभिरहेको उनलाई चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।