दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार १०:३६
सांकेतिक तस्वीर

दाङ । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेत रहेका छन् ।

दाङ प्रहरीका अनुसार, शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बस्नेत गम्भीर घाइते भएका थिए ।

घाइते बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतकका आफन्तले क्षतिपूर्ति र कारबार्हीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेको प्रहरीले जनाएको छ ।