समाचार

प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिनाले बंगलादेश छाडिन्

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । राजधानी ढाकामा जारी तनावबीच उनी राजीनामा दिएर भारततर्फ गएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उनी हेलिकप्टरमार्फत् भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको बीबीसीले उल्लेख गरेको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी...

कांग्रेस सभापति देउवाद्वारा ३७ विभाग प्रमुख मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार ३७ विभागका प्रमुख मनोनीत गरेका छन् । सभापति देउवाले पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी ३७ विभाग प्रमुख मनोनीत गरेका हुन् । ७० विभाग रहेको कांग्रेसको विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता...

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने...

कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौतहट । रौतहटबाट प्रहरीले कुटवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गढीमाई नगरपालिका–१ समनपुर बस्ने ५२ वर्षीय बिरेन्द्र राउत रहेका छन् । उनलाई १ थान कटुवा पेस्तोलसहित आइतबार दिउँसो इलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, राउतको घरमा पेस्तोल रहेको...

भारतको पुणेमा भएको विस्फोटमा परेर एक नेपालीको मृत्यु

नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित विस्फोटमा परेर एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय अजय कुमार बजरंगी प्रसाद मौर्य रहेको प्रहरील जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा भएको विस्फोटमा परेर उनको...

भोलिदेखि मनसुन पुनः सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुने जानकारी दिएको छ । महाशाखाले तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भन्दै केही स्थानमा भारी वर्षाको सम्भावना...

सोमबार नेप्से ४०.७६ अंकले वृद्धि

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि आएको छ । आज नेप्से ४० दशमलव ७६ अंकले वृद्धि भएको हो । सोमबार १ दशमलव ४७ प्रतिशतले बढेर २ हजार ७ सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । यस्तै, आज...

आज साउनको तेस्रो सोमबार, हेटौंडा पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो

मकवानपुर । आज साउन महिनाको तेस्रो सोमबार । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा रहेको छ । यस दिन शिवको पूजा, आराधना गरिन्छ । भगवान् शिवको बार मानिने...

देशभरका पाँच जिल्लामा भेटियो हैजाको बिरामी

काठमाडौं । देशभरका विभिन्न पाँच जिल्लामा हैजा रोग (कोलेरा) को बिरामी भेटिएका छन् । दिसाको माध्यमबाट सर्ने महामारोजन्य रोग हैजा (कोलेरा) काठमाडौं उपत्यकासहित पाँच जिल्लामा देखिएको होे । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा हैजा रोगका बिरामी भेटिएका छन् ।...

प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गर्दै बागमती गाउँपालिका

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकाले प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गर्दैछ । पालिकाले आफ्नै लगानीमा ४ नम्वर वडास्थित झुरझुरेमा सहिद स्मृति रङ्गशालाको निर्माण कार्य गरिरहेको छ । उक्त निर्माणाधीन रङ्गशालाको काम हाल अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार, पालिकाले गत आर्थिक...