समाचार

एसईईको पूरक परीक्षा आजबाट सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजबाट सुरु हुने भएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पूरक परीक्षा साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले २०८० चैत १५ गतेदेखि भएको एसईई परीक्षाको नतिजा असार १३...

कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डमा गएको पहिरो पन्छाई हलुका सवारीसाधन संचालनमा ल्याइएको छ । उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका वडा नम्वर–२ पाङ्दुरे र छबेनीमा सोमबार आएको वर्षाको कारणबाट पहिरो जाँदा यातायात अवरुद्ध भएको थियो । उक्त स्थानहरुमा गएको...

मकवानपुरका ४७ जना डेंगु पुष्टि

मकवानपुर । मकवानपुरमा जिल्लाका ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ४७ पुगेको हो । उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन २२ गते मंगलबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार,...

सांसद् सिंहले गरे तिलगंगा आँखा अस्पताल प्रतिष्ठानलाई आर्थिक सहयोग

मकवानपुर । मकवानपुर जिल्लाको क्षेत्र नम्वर १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्य दीपक सिंहले तिलगंगा आँखा अस्पताल प्रतिष्ठानलाई आर्थिक रकम सहयोग गरेका छन् । पूर्वाधार विकास समितिका सभापति समेत रहेका सिंहले मंगलबार हेटौंडामा अयोजित एक कार्यक्रमबीच तिलगंगा आँखा अस्पताल प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई आर्थिक रकम...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ...

बोलेरो जिप दुर्घटनामा परेर १४ जना घाइते

जाजरकोट । जाजरकोटमा भएको बोलेरो जिप दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप मंगलबार दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । दुर्घटनामा परेर घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको...

बंगलादेशको संसद् विघटन

काठमाडौं । बंगलादेशको संसद् विघटन भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले संसद् विघटन गरेका हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट नै राष्ट्रपति शाहबुद्दीनले संसद विघटन गरेका हुन् । राष्ट्रपति शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेको राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी...

संविधान सभा सदस्य अग्रवालको निधन

काठमाडौं । संविधान सभा सदस्य एवम् वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको गएराति निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय अग्रवाल लामो समयदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए । स्व अग्रवालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।...

मंगलबार सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५ दशमलव १८ प्रतिशतले गिरावट आएको हो । सो गिरावटपछि यस दिन नेप्से २६५१ अंकमा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक...

पहिरोमा पुरिएर बागलुङका ८ जनाको मृत्यु

पोखरा । बागलुङको बडिगाड गाउँपालिकाको छुट्टाछुट्टै वडामा गरी पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोमा परेर वडा नम्बर १० दर्लिमका ६ जना र वडा नम्बर ९ को बलघाँसका २ जनाको मृत्यु भएको हो । बडीगाड गाउँपालिका–१० मा घरगोठ बगाउँदा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु...