समाचार

नाग पञ्चमीको अवसरमा शुक्रबार सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले यही साउन २५ गते शुक्रबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक विदा...

बुधबार नेप्से १०८ अकंले बढ्यो, कारोबार खुम्चियो

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबार भारी अंकले गिरावट आएको नेप्से बुधबार भने बढेको हो । आज नेप्से परिसूचक १०८ दशमलव ३५ अकंले बढेर २ हजार ७५९ दशमलव ६७ बिन्दुमा कायम भएको छ । यसअघि मंगलबार परिसूचक १४५ अंक अर्थात्...

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएलगतै प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । उक्त दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिक गरी पाँच जनाको मृत्यु भएको छ ।...

अनलाइनमार्फत् ठगी गर्ने ९ जना हेटौंडाबाट पक्राउ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट अनलाइनमार्फत् ठगी गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत् ठगी गर्ने ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका...

नुवाकोटमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट छुटेको एयर डाइनस्ट्रीको हेलिकोप्टर आज (बुधबार) दिउँसो दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक...

अवैध गाँजासहित दुई भारतीय नागरिक पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबासस्थित सडकबाट करिब ६ सय किलोग्राम गाँजासहित मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम पंचायत कुरिया बस्ने २५ वर्षीय गुडडु कुमार यादव र भारत मधुरापुर बस्ने २९ वर्षीय मनिष कुमार गिरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । आज प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने जनाउँदै...

चार वटा संसदीय समितिको बैठक आह्वान

काठमाडौं । संघीय संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक आह्वान गरेको छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने गरी आह्वान गरिएको हो । संघीय संसद् सचिवालयका अनुसार,...

नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नेपालले आज भारतसँग खेल्न लागेको हो । खेल साँझ ५ बजे हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि जाने भएका छन् । नेपाल इरानसँग...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । पहिरोका कारण पृथ्वी राजमार्ग आज बिहानैबाट अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको हो । सडक खुलाउनका लागि...