नुवाकोटमा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १५:४४

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको छ ।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट छुटेको एयर डाइनस्ट्रीको हेलिकोप्टर आज (बुधबार) दिउँसो दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा क्रमशः चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, क्याप्टेन के मल्ल र एक नेपाली अरुण मल्ल रहेका छन् । तीमध्ये अरुण मल्ल हेडिकप्टर पाइलट हुन् ।

हाल घटनास्लथलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान गरिरहेको जनाइएको छ ।