नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि नेपालले आज भारतसँग खेल्न लागेको हो ।
खेल साँझ ५ बजे हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि जाने भएका छन् ।
नेपाल इरानसँग लिग चरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो । यस्तै, भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
