समाचार

महेन्द्र माविका विद्यार्थीलाई स्वागत तथा बिदाइ

मकवानपुर । हेटौंडा–१३ पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसईई परिक्षामा उतीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययन गरी एसईई परीक्षा तथा कक्षा १२ पास गर्ने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गरेकी हुन् । विद्यालयबाट परीक्षामा उतीर्ण भएका ३८ विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो...

महेन्द्र माविका विद्यार्थीलाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ मा उर्तिण विद्यार्थीलाई सम्मान गरिएको छ । सो विद्यालयमा अध्यापन गरी एसईई परिक्षा र कक्षा १२ मा उत्कृष्ट नजिता ल्याई उर्तिण हुने विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो ।...

मन्त्रिपरिषद् बैठकः हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको आकस्मिक मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले आह्वान गरेको मन्त्रिपरिषद् सम्पन्न भएको हो । उक्त बैठकले हेलिकोप्टर दुर्घटनाको छानबिन तथा जाँच गर्न आयोग गठन गरेको छ । बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट...

हेलिकोप्टर दुर्घटनाः मृतक सबैको शव काठमाडौं लगियो

काठमाडौं । नवाकोटमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव काठमाडौं लगिएको छ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव काठमाडौं लगिएको हो । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि छुटेको उक्त हेलिकोप्टर दुर्घटना हुँदा पाँच...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानबाट प्रहरीले आगूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया, धनकुटा र जुम्ला जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले बर्दियाको मधुवन नगरपालिका–८ लालसिंह चोक बस्ने २४ वर्षीय गोवान सिंह जिसीलाई अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिसी...

विपद्को घटनामा परेर १६७ जनाको मृत्यु, ५० जना बेपत्ता

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परेर बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्को घटनामा परी कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३३ जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी...

भारतसँग हुने फाइनल खेल हेर्न जाने प्रधानमन्त्रीको कार्यक्रम स्थगित

काठमाडौं । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम स्थगित भएको छ । उपाधिको लागि नेपालले भारतसँग खेल्न लागेको खेल जाने भनिएपनि उक्त कार्यक्रम स्थगित गर्नुपरेको प्रधानमन्त्री कार्यालय जनाएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार, नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक हाल जारी छ । नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक हाल बसिरहेको हो । बैठकले हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति गठन गर्ने अपेक्षा गरिएको जनाइएको छ । बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७,...

कांग्रेसको केन्द्रीय समितिको बैठकमा ११ एजेण्डा पेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । उक्त बैठकमा विभिन्न ११ वटा एजेण्डा पेस भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनका अनुसार, महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको हो ।...

खोलामा डुबेर बेपत्ता बालिकाको शव भेटियो

रौतहट । रौतहटमा खोलामा डुबेर बेपत्ता भएकी एक बालिकाको शव भेटिएको छ । जिल्लाको गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी स्थानीय प्रिन्जमा कुमारी दासको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपत्ता भएकी उनको...