समाचार

पहिरोका कारण अवरुद्ध कान्तिलोपकथमा पुुनः यातायात संचालन

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथमा गएको पहिरो पन्छाइ पुनः यातायात संचालनमा ल्याइएको छ । ललितपुरको बागमती गाउँपालिका वडा नम्वर ६ रातो पहाड नजिकै आज बिहान साढे २ बजे गएको पहिरो पन्छाई बिहान ९ बजेदेखि एकतर्फी हल्का सवारी साधनहरुलाई संचालनमा ल्याएको इलाका...

मृत अवस्थामा भेटिए गायक प्रकाश तिमिल्सिना

काठमाडौं । गायक प्रकाश तिमिल्सिना मृत अवस्थामा भेटिएका छन् । उनी ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको छ । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने...

जसपा नेपालको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा आज बस्ने गरी आह्वान गरिएको हो । यही साउन ३० गतेसम्म संचालन हुने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठकमा एकताको...

भारतीय विदेश सचिव आज नेपाल आउने

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउने भएका छन् । उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनलाई परराष्ट्र सचिव सेवा लम्सालले भ्रमणका लागि निमन्त्रणा गरेका थिए । नेपालमा कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो भ्रमण हो । उनले नेपाल भ्रमणका...

क्यानाडामा भोलिदेखि विश्व पानी सम्मेलन र प्रदर्शनी हुँदै

क्यानाडा । क्यानाडाको टोरन्टोमा भोलिदेखि ५ दिने विश्व पानी सम्मेलन र प्रर्दशनी आयोजना हुने भएको छ । विश्व पानी संघको आयोजनाम हुन लागेको सो कार्यक्रममा परम्परागत पानी क्षेत्र र बाहिरका सरोकारवालाहरुलाई एकै ठाउँमा सहभागी गराउने आयोजकको भनाई छ । कार्यक्रममा पानीसँग सम्बन्धित सरोकारवाला र समूहहरु, उद्योग, कृषि, वास्तुविद् र...

जनता माविमा प्राथमिक उपचार सम्बन्धि कार्यक्रम

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा प्राथमिक उपचार सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रम राष्ट्रका लागि योगदान मकवानपुरको आयोजनामा भएको छ । विद्यार्थीहरूलाई प्राथमिक उपचारको महत्व र विधिहरू बारे जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको आयोजनकले जनाएको छ । कार्यक्रमसंस्थाका अध्यक्ष पदम प्रसाद सेढाई (मिलन)...

बंगलादेशका प्रधानन्यायाधीशले दिए पदबाट राजीनामा

काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएका अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले पुष्टि गरेको बंगलादेशको पत्रिका द डेली स्टारले जानकारी दिएको छ । शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बंगलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै...

कुलमानको समर्थनमा युवाहरुद्वारा र्याली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले र्याली निकालेको छ । कार्यकारी प्रमुख घिसिङ र नेपाल सरकारबीच देखिएको द्वन्द्व सडकसम्म पुगेको हो । युवाहरुले घिसिङको समर्थनमा माइतिघरदेखि बानेश्वरसम्म र्याली निकालेका हुन् । ठुला उद्योगहरुले विद्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना बढ्दै गएको भन्दै युवाहरूले...

सिस्नुपानी मकवानपुरले गाईजात्रा विशेष कार्यक्रम गर्ने

मकवानपुर । सिस्नुपानी नेपाल मकवानपुरले गाईजात्रा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । सिस्नुपानी मकवानपुरले हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाको विशेष प्रवद्र्धनमा ‘हास्य व्यङ्ग्यात्मक गाईजात्रा–२०८१’ कार्यक्रम गर्न लागेको हो । शनिबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सिस्नुपानी नेपाल मकवानपुरका उपाध्यक्ष मीनप्रसाद लामिछानेले आगामी भदौं ३ गते उक्त कार्यक्रम गर्न लागेको जानकारी...

हेटौंडाबाट काठमाडौंर्तफ जाँदै गरेको ट्रकबाट एक जना पक्राउ

काठमाडौं । प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै ट्रकबाट अवैध लागूऔषधसहित एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान पक्राउ गरेकोे हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध गाँजा ३...