समाचार
आज साउनको अन्तिम सोमबार, यस्तो देखियो हेटौंडा पशुपतिनाथ मन्दिर (फोटोफिचर)
मकवानपुर । आज साउनको अन्तिम सोमबार । आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा रहेको छ । यस दिन शिवको...
विधायन व्यवस्थापन समितिको बैठक आह्वान
काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ । बैठक आज बस्ने गरी आह्वान गरिएको हो । बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।
बागमतीमा विपद्को कहरः ८८ जनाको मृत्यु, ५१ करोड बढीको क्षति
हेटौंडा । आर्थिक वर्ष २०८०–८१ मा बागमती प्रदेशमा विपद्का घटनाले ठूलो जनधन क्षति गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार यस वर्ष प्रदेशमा ८८ जनाको विपद्को घटनामा परेर मृत्यु भएको छ । ‘हरेक मृत्यु एउटा परिवारको त्रासदि हो’ भन्छिन् मन्त्रालयकी सूचना अधिकारी रबिता कार्की । उनका अनुसार...
क्यानाडामा विश्व पानी सम्मेलन र प्रदर्शनी सुरु
क्यानाडा । क्यानाडाको टोरन्टोमा आजदेखि विश्व पानी सम्मेलन र प्रदर्शनी सुरु भएको छ । क्यानाडाको मेट्रो टोरन्टो कन्भेन्सन सेन्टरमा सुरु भएको सो सम्मेलन १५ अगस्टसम्म जारी रहने छ । विश्व पानी संघको आयोजना र अन्य साझेदारहरुको सहयोगमा सुरु भएको सम्मेलन पानीको संचिती र त्यसको संरक्षणमा सरोकारवालाहरुबीच छलफल हुनेछ ।...
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
काठमाडौं । आज २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो । सन् २००० बाट हरेक वर्षको अगष्ट १२ को दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।...
कांग्रेस बैठक सोमबार पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा साउन २३ गतेदेखि सुरु भएको बैठक भोलि पनि जारी रहने भएको हो । बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद...
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
मोरङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले मोरङबाट आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । ४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा उनकै श्रीमान् सुन्दरहरैचा नगरपालिका–१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
भारतीय सचिव मिस्री र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुई दिने भ्रमणमा आएका विदेश सचिव मिस्री र प्रधानमन्त्री ओली आइतबार अपराह्न भेटवार्ता भएको हो । उनीहरुलाई सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय भेटवार्ता गरेका हुन् । सो क्रममा विदेश सचिव मिस्रीले...
मकवानपुरका ५३ जना डेंगु पुष्टि
मकवानपुर । मकवानपुरमा जिल्लाका ५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएसँगै कूल संख्या ५३ पुगेको हो । उक्त तथ्याङ्क साउन १ गतेदेखि साउन २७ गते आइतबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार,...
पानीमा घोप्टो परी तैरिरहेको अवस्थामा मृत भेटिए मकवानपुरका दोङ
मकवानपुर । मकवानपुरका आशाकाजी दोङ मृत अवस्थामा भेटिएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, राजदमार निवासी उनी आज दिउँसो मृत अवस्थामा भेतिएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए । प्रहरी निरीक्षक पण्डितका अनुसार, ६० वर्षीय उनी स्थानीय सिमात्त खोलामा पानीमा घोप्टो परि तैरिरहेको अवस्थामा मृत भेटिएका...










