समाचार

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ । रास्वपाले भोलि साउन २९ गते मंगलबार बिहान साढे १० बजे बस्ने गरी बोलाएको हो । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा पाँच वटा विषयमा छलफल हुन सांसद मनिष झाले जानकारी दिए । उनका अनुसार,...

नेप्सेमा ७०.८१ अंकको वृद्धि, कारोबारमा नयाँ रेकर्ड

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । आज नेप्से ७० दशमलव ८१ अंकले बढ्दै २९ सय ३१ दशमलव ६५ विन्दुमा उक्लिएको छ । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर कारोबार भएको छ ।...

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । शाहले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । शाहले सोमबार प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन् । शाह एमालेको समर्थनमा गत साउन २० गते मुख्यमन्त्री...

पेस्तोलसहित एक जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–५ बानेश्वर हाईटस्थित सडकबाट एक थान पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थानसहित सोही नगरपालिका–८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ । गजमेरलाई इलाका प्रहरी कार्यालय दमकबाट...

सम्भाव्यता अध्ययन गरेर मात्रै उद्योग सञ्चालन गर्न मन्त्री तामाङको निर्देशन

मकवानपुर । बागमती प्रदेशका उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्री सुकुमाया तामाङले आवश्यकता हेरेर मात्रै उद्योग सञ्चालन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशलाई निर्देशन दिएकी छन् । सोमबार गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिसँग भएको छलफललाई सम्बोधन गर्दै मन्त्री तामाङले उद्योग सञ्चालन गर्दा सम्भाव्यता अध्ययन गरेर मात्रै सञ्चालन गर्न निदेर्शन...

अवैध लागूऔषधसहित दुई जना पक्राउ

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–९ चोरखोलाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेराइन करिब १० ग्राम १ सय ५ मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका–३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय...

कतिमा कारोबार हुँदैछ सोमबार सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, भाउ घटेसँगै सोमबार सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ तोलाको एक...

२ बजेको लागि सर्यो माओवादी स्थायी समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक दिउँसो २ बजे बस्ने गरी सरेको हो । नेताहरूको कार्यव्यस्तताका कारण बैठकको समय सरेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । माओवादी स्थायी समिति बैठक शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ...

खेलकुदमन्त्री महर्जनद्वारा गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको निरीक्षण

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार विहान मन्त्री महर्जनले रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो...

अष्ट्रेलियामा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्स शहरको एक होटलको छतमा ठोक्किएर हेलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । क्विन्सल्याण्ड प्रहरीका अनुसार, हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । हेलिकोप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४००...