पेस्तोलसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २८, सोमबार १६:०५
सांकेतिक तस्बिर

झापा । झापाको दमक नगरपालिका–५ बानेश्वर हाईटस्थित सडकबाट एक थान पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेड इन इटाली लेखिएको पेस्तोल १ थान र म्याग्जिन २ थानसहित सोही नगरपालिका–८ बस्ने ३६ वर्षीय संजिव गजमेरलाई सोमबार बिहान पक्राउ गरेको जनाएको छ ।

गजमेरलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, को.३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक गजमेरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।